Kapan Online

Job Description

काठमाडौंकोे उत्तरी भेक, विशेष गरी बुढानीलकण्ठ नगरपालिका तथा आसपासको पहिलो र एकमात्र अनलाइन खबर पत्रिका हो कपन अनलाइन । अनलाइन समाचारको क्षेत्रमा ३ वर्षदेखि कृयाशिल हामी विशेष गरेर विकास पत्रकारितामा विश्वास राख्दछौं । हाम्रा समाचारहरु विकास प्रेरित तथा विकासउन्मुख हुनपर्छ भन्ने हाम्रो मान्यता हो । यस भेकको समाजिक, भौगोलिक, आर्थिक, राजनीतिक, वातावरण एवम् पर्यावरण र शैक्षिकसहित साहित्य, कला र संस्कृतिका क्षेत्रको बिभिन्न पक्षलाई हामीले समाचार बनाउने गरेका छौं । यसका साथै अर्थपूर्ण राष्टिय एवम् अन्तराष्टिय समाचारलाई पनि हामीले पस्किने गरेका छौं । समाचार पस्किने क्रममा समाचारले पार्ने प्रभाव र असरलाई महत्व दिई अनावश्यक जातीय, वर्गीय, क्षेत्रीय साथै धार्मिक गतिबिधिको हामी बिरोधी हौं । समग्रमा कपन अनलाइन सबैको सबैखाले समाचार हो ।

Technology used

  • Android
Launch Project

Related Works